एजेन्सी :अमेरिकाले संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदबाट आफू बाहिरिन लागेको जनाएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओे र संयुक्त राष्ट्र संघका लागि अमेरिकी दूत निकी हेलीले एक संयुक्त प्रेस सम्मेलन गरी यसको जानकारी दिएका हुन् ।
परिषद्का प्रम्ख जेद बिन राद अल हुसेनले मानवअधिकारको रक्षाको अभियानबाट अमेरिका पछि हट्न नहुने बताए ।
निकी हेलीले भनिन्, “जब एक तथाकथित मानवाधिकार परिषद्ले भेनेजुएला र इरानमा भइरहेकोे मानवाधिकार उल्लंघनका घटनाबारे केही बोल्न सक्दैन र कंगो जस्तो देशलाई आफ्नो नयाँ सदस्यको रूपमा स्वागत गर्छ भने यसले मानवाधिकार परिषद् भन्न पाउने अधिकार समाप्त गर्छ ।”
हेलीले वास्तवमा यस्ता संस्था मानवअधिकारहरूलाई नै हानि गर्ने गरेको बताइन् । साथै परिषद् राजनीतिक पक्षपातबाट प्रेरित रहेको भन्दै उनले भनिन् “परिषद्बाट बाहिरिने भन्दैमा हामी मानवअधिकारको आफ्नो जिम्मेवारीबाट भने पछि नहट्ने स्पस्ट पार्दछौं ।”
हेलीले गत वर्ष पनि महासंघीय मानवअधिकार आयोग यूएनएचआरसीमाथि इजरायको विरूद्ध दुर्भावना र भेदभावप्रर्ण व्यवहार गरेको आरोप लगाएकी थिइन् र परिषद्मा रहने विषयमा समिक्षा गर्ने बताएकी थिइन् ।
यसैगरी अमेरिकी विदेशमन्त्री पोम्पिओले पनि यूएनएचआरसीको मनसायमाथि सवाल उठाउँदै भने “परिषद् आफ्नै विचारलाई कायम राख्न असफल भएको छ ।”
उनले भने “कुनैबेला यूएनएचआरसीका उद्देश्यहरू असल थिए ।तर आज यसले इमानदारी कायम गर्नुपर्ने आवश्यकता छ । यो मानवअधिकारहरूके बलियो गरी रक्षा गर्न सकिरहेको छैन् । अझ भनौ निर्लज्ज र पाखण्डपूर्ण ढंगबाट विश्वमा भइरहेका मानवअधिकार उल्लंघनका घटनालाई अनदेखा गरिरहेको छ ।”
अप्रावसी बालबालिकालाई उनीहरूको आमाबाबुबाट अलग्याउने अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनको नीतिको व्यापक आलोचना भइरहेका बेला परिषद्बाट हट्ने अमेरिकी निर्णय सार्वजनिक भएको छ ।
ह्युमन राइट्स वाच नामक मानवअधिकार समूहले ट्रम्पको नीतिलाई एकपक्षीय भन्दै आलोचना गरेको थियो । वाचका निर्देशक केनेथ रोथले भने “यूएनएचसीले उत्तर कोरिया, सिरिया ,म्यानमार र दक्षिण सुडानजस्तो देशहरूमा एक महत्वपूर्ण भूमिका प्रदर्शन ग¥यो तर ट्रम्प प्रशासनलाई मात्र इजरायलको चिन्ता छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया