एयर कन्डिसनरले गर्मी बढाइरहेछ

एजेन्सी :तराई मधेश र भारतजस्ता देशहरूमा गर्मीले मानिसलाई जिउन  न बाँच्न अवस्थामा पु-याइरहेको छ ।

गर्मीबाट बच्न हरेक ठाउँ एयर कन्डिनसनर लगाउने काम गरिन्छ ।

भूमण्डलीय गर्मी (ग्लोबल वार्मिंग)को यो स्थितिमा एयर कन्डिसन अर्थात एसीको माग बजारमा बढिरहेको छ ।

तर यो शरीरलाई चिस्याउने मेसिनले त झन् दुनियाँलाई तातो बनाइरहेको छ ।

एयर कन्डिनसनर चलाउन बिजुली बढी चाहिन्छ ।

यो अतिरिक्त बिजुलीले हाम्रो पर्यावरणलाई अझ बढी तातो बनाइरहेको छ ।पर्यावरणविद्हरूका अनुसार २००१पछि १७ मा १६ भन्दा बढी गर्मी थियो ।

एसीको बढदो माग समस्या छैन् । अन्तर्राष्ट्रिय ऊर्जा नियोगका अनुसार २०५०सम्म एयर कन्डिसनर चलाउन आजको तुलनामा तीन गुना ऊर्जा खर्च हुनेछ ।

यसको अर्थ २०५०सम्म दुनियाँभरमा एसीले अहिले अमेरिका, युरोपियन युनियन र जापानले खपत गरिरहेको बिजुली जति खर्च गर्नेछ ।

यसबारे चिन्तित वैज्ञानिक एव प्राविधज्ञहरूले चिस्याउने प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन प्रयास गरिरहेका छन् । यसबाट बिजुलीको खपतमा कमी आउन सक्नेछ ।

स्टयानफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले एक प्रणालीको विकास गरेका छन् । न्यानो फोटोनिक्स र अन्य अत्यआधुनिक सामाग्रीहरूको प्रयोग गरी यो प्रणालीको विकास गरिदैछ ।

यसमा जाडना गरिएको अति मसिनो  र परावर्तन गराउने (रिफ्लेक्टिंग म्याटेरियल)वस्तु हुन्छ ।यसले सूर्यको सीधा किरणलाई टाढा फाल्न सक्छ ।

परीक्षणका अनुसार यसको प्यानलमा जडान गरिएको पाइपमा भरिएका पानीलाई चीसो पार्न सकिने र यो चीसो पानीले कुनै पनि भवनमा आसानी चिस्याउने काम सम्भव हुन सक्नेछ ।

यसो गर्न बिजुलीको आवश्यकता भने हुँदैन् ।यसका लागि उनीहरूले स्काइकूल सिस्टम बजारमा ल्याउन चाहेका छन् ।

फ्लोरिडा विश्वविद्यालयका सौर्य ऊर्जा केन्द्रका ड्यानी पार्करले आफ्ना साथीहरूसँग मिलेर यसबारे अध्ययन गरेका छन् । सन् २०१६मा उनले वाष्पीकरणको विधिबाट पानीलाई चिस्याउने यन्त्रको खोजी गरेका छन् । यसलाई एयर कन्डिसनिंग एकाईसँग जोडन सकिनेछ । यसबाट कम बिजुलीबाट धेरै चीसो हावा प्राप्त हुन सक्नेछ ।

यो विधिबाट युरोपमा कूलिंगको असरलाई ३०देखि ५०प्रतिशतसम्म घटाउन सकिनेछ ।  सामसंगले विन्ड फ्रि नामको एक प्रविधिको विकास गरेको छ ।

सामसंगका अनुसार यो परम्परिक एयर कन्डिसनरभन्दा ३२ प्रतिशत लाभदायी हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?