एजेन्सी : एक अन्तर्राष्ट्रिय नियोगका अनुसार पाकिस्तानसँग परमाणु हतियारको संख्या भारत भन्दा बढी रहेको जनाएको छ ।
सोमबार स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरेको छ ।
भारत भन्दा पाकिस्तानसँग परमाणु हतियार रहेको छ भने चीनसँग भारत भन्दा दोब्बर परमाणु हतियार रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भारतीय सुरक्षा विशेषज्ञहरूका अनुसार भारतको प्रतिरोधी क्षमता बढी ठोस छ ।
यसका साथै भारतसँग निगरानी गर्ने क्षमता र प्रत्याक्रमण गर्ने क्षमता बढी रहेको दाबी भारतीय विशेषज्ञहरूको रहेको छ ।
उनीहरूका अनुसार भारत यसको आधुनिकीकरणमा काम गरिरहेको छ ।
पाकिस्तानसँग कुल १५० परमाणु हतियार छ भने चीनसँग २८० परमाणु हतियार रहेका छन् ।
भारतसँग १३० देखि १४०समम परमाणु हतियार रहेको प्रतिवेदनमा जनाइएको छ ।
यो सन्दर्भमा अमेरिका पहिलो र रुस दोस्रो स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया