एजेन्सी : क्यानाडाको संसदले लागु औषधको रूपमा अवैधानिक रहेको गाँजालाई देशभर वैधानिक बनाएको छ ।
संसदमा प्रस्तुत गरिएको विधेयकमाथि भएको मतदानबाट क्यानाडामा गाँजा वैधानिक भएको हो ।
मतदानमा ५२ जना वैधानिक बनाउने पक्षमा र २९ जना प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
अब क्यानाडामा गाँजको खेती, वितरण र बिक्री गर्न पाउने भएको छ ।
आर्थिक शक्ति सम्पन्न देशहरूको समूह जी ७मा गाँजालाई वैधानिकता दिने पहिलो देश क्यानाडा बनेको छ ।
क्यानाडामा गाँजामाथि प्रतिबन्ध १९२३मा लगाइएको थियो । यसको औषधिजन्य प्रयोगका लागि खुला सन् २००१मा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया