चोट बल्झिएको कारण नेइमारले त्यागे प्रशिक्षण, चाँडै फिट हुनेमा शंका

काठमाडौं। जारी फिफा विश्वकप फुटबलको दाबेदार मानिएको टिम ब्राजिलका फरवार्ड नेइमारले खुट्टाको चोट बल्झिएका कारण प्रशिक्षण त्यागेका छन् । 

मंगलबार अभ्यास गर्ने क्रममा चोट बल्झिएपछि प्रशिक्षण त्यागेको नेइमारले बताए । पेरिस सेन्ट जर्मेनबाट खेल्ने क्रममा चोट लागेपछि उनको दायाँ खुट्टाको शल्यक्रिया गरिएको थियो । सिजनको अन्तिम खेलहरु गुमाएका उनी विश्वकप अघि मैदान फर्किएका थिए ।

स्विट्जरल्यान्ड विरुद्धको खेलका दौरान पनि नेइमारको दायाँ गोलीगाँठोमा सामान्य चोट लागेको थियो । जसका कारण उनले मंगलबार केहिबेर मात्र प्रशिक्षक गरेका थिए ।

सोमबार भने उनी प्रशिक्षणमा सहभागी भएनन् । तर चाडै नै प्रशिक्षणमा फर्कने ब्राजिलियन टिमका प्रवक्ता भनिकुअस रोद्रिगेजले जानकारी दिए । विश्वकपको पहिलो खेलमा नेइमारले पुरै ९० मिनेट खेल खेलेका थिए । तर, १—१ को बराबरी भएको खेलका क्रममा नेइमारमाथि १० पटक फउल भएको थियो ।

समूह ’ई’ मा रहेको ब्राजिलले आगामी शुक्रबार दोस्रो खेलमा कोस्टारिकासँग भिड्दैछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?