रसिया। फिफा विश्वकप फुटबल अन्तर्गत मोरक्कोलाई पराजित गदै पोर्चुगल नकआउट चरण नजिक पुगेको छ ।
मस्कोको लुज्निकी रंगशालामा आज साझँ भएको समूह ‘बी’ को दोस्रो चरणको खेलमा पोचुगलले मोरक्कोलाई १—० गोल अन्तरले पराजित गदै अघिल्लो चरण प्रवेश गर्ने सम्भाबनालाई बलियो बनाएको हो ।
पोचुगलका लागी क्रिस्टियानो रोनाल्डोले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले खेल सुरु भएको ४ मिनेट पनि बित्न नपाउँदै बेर्नान्डो सिल्भाले कर्नरबाट दिएको बललाई सदुपयोग गदै हेडमार्फत गोल पोष्टको जाली चुमाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १—० गोलले पछाडी परेको मोरक्कोले बराबरी गोल फर्काउन असफल भयो । दोस्रो हाफमा निकै कडा टक्कर दिएको मोरक्कोले थप गोल हुन दिएन ।
निर्धारित समयसम्म पोचुर्गलले थप गोल गर्न सकेन र खेल १—० ले आफ्नो पक्षमा पार्यो । पूर्व विश्व च्याम्पियन स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले एक गोल मात्र गर्न सफल भए । गोलसँगै रोनाल्डोले रेकर्ड बनाएका छन् । पोर्चुगिज कप्तान रोनाल्डासे सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने युरोपियन खेलाडी बन्न सफल भएका हुन् ।
मोरक्को विरुद्धको गोल रोनाल्डोको ८५औं अन्तराष्ट्रिय गोल हो । यसअघि युरोपबाट सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडी हंगेरीका फेरेन्क पुस्कस थिए ।
उनले ८९ खेल खेल खेल्दै ८४ अन्तराष्ट्रिय गोल गरेका थिए । रोनाल्डोले ८६ गोल गर्न भने १ सय ५२ खेल खेलिसकेका छन् । जितपछि पोचुगलले ४ अंक बनाएको छ ।
एक खेलमा जित र एकमा बराबरी गदै पोचुगलले ४ अंक बनाएको हो । त्यस्तै, इरानको ३ अंक छ भने स्पेनको १ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया