गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्तामा विशेष छुट पाउने

लोकपथ
63
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले समयानुकूल आफ्ना ग्राहकका लागि विभिन्न छुटसम्बन्धी सम्झौता गर्दै आईरहेको छ।

यसैलाई निरन्तरता दिँदै बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुरुप गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गरी गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाइन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?