विश्वकपः आज तीन खेल हुदै

रसिया। जारी  फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो राउण्डमा आज तीन खेल हुदैछ । 

आज मैदानमा उत्रिने टोली उपाधिको दाबेदार मानिएका राष्ट्रहरु हुन् । समुह चरणको पहिलो खेल समाप्तिसँगै समुह चरणकै दोस्रो राउण्डको खेलहरु झन रोमाञ्चक बन्दै गएका छन् । दोस्रो राउण्डका खेलले नै समुह चरण पार गर्ने वा बाहिरिने भन्ने सहज अनुमान लगाउन सकिन अवस्था देखिने हुदाँ खेल अझ बढी रोचक बनेका हुन् । आज हुने पहिलो खेलमा साँझ ५ः४५ बजे डेनमार्क र अष्ट्रेलिया आमने—सामने हुदैछ ।

पहिलो राउण्डमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले अघिल्लो चरण प्रवेशको सम्भावना बनाउनका लागि यो खेल जित्नै पर्ने दबाब छ भने डेनमार्कले पेरुलाई हराउदै ३ अंक बनाइसकेको छ ।

यता आजराती नै हुने दोस्रो खेलमा फ्रान्सले पेरुको सामना गर्दैछ । यि दुई टिमविचको खेल ९ः४५ बजे एकाटेरिङवर्ग एरिनामा हुनेछ । फ्रान्सले पेरुमाथि सहज जित हात पार्ने अपेक्षा गरिएको छ । पहिलो खेलमा डेनमार्कसग पराजित भएको पेरुले फ्रान्सलाई कडा टक्कर दिने देखिएको छ । 

त्यस्तै, आजराती ११ः४५ बजे हुने खेलमा पूर्व विश्व विजेता अर्जेन्टिना र क्रोएसिया भिड्दैछ । समूह चरणको पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेल्दै १ अंक बनाएको अर्जेन्टिना क्रोएसियाविरुद्धको खेलमा जित हात पार्ने मनोस्थितीका साथ मैदानमा उत्रदैछ । यता नाइजेरियालाई पराजित गदै क्राएसियाले पनि ३ अंक बटुलिसकेको छ ।

अर्जेन्टिनाले पहिलो राउण्डमा बराबरी खेलेका कारण यो खेल जित्नैपर्ने दबाब छ । अघिल्लो खेलमा पेनाल्टी मिस गरेका कप्तान लियोनल मेस्सी भएका कारण खेल दर्शकका लागि निकै महत्वपूर्ण हुनेछ ।

आजराती हुने यि दुई टिमविचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?