एजेन्सी : ग्राहकले सेवाको अनुचित फाइदा लिन खोज्दा र व्यवस्थापनको सोंच नपुग्दा जे पनि जति पनि खान सक्ने भनेको रेस्टरन्टमा आउने ग्राहकले धेरै नै खाइदिएपछि सो रेस्टरन्ट बन्द भएको छ ।
ग्राहकहरू धेरे खाइदिएर सो रेस्टरन्टलाई ८० हजार अमेरिकी डलर बराबरको घाटा भएको हो ।
सिचुआन प्रान्तको चेङ्दुमा रहेको जियामेनर नामको हटपट रेस्टरन्ट ग्राहकको अनुचित लाभ लिने बानीले गत साता बन्द भयो ।
१९ अमेरिकी डलर मा जे पनि खान सक्ने शर्तमा सञ्चालन गरेको सो रेस्टरन्ट बन्द भएको हो ।
संस्थापकले डिसेम्बरमा यो रेस्टरन्ट खोल्यो । जुनमा प्रतिस्पर्धा गर्ने योजना बनायो । जुन १ देखि कम शुल्कमा ग्राहकलाई खाना खुवाउने योजना बनायो ।
एक महिनामा जति पनि खाना खान पाउने गरी एक सदस्यता कार्ड सहितको योजना बनायो ।
यो योजनाको दुई सातामा यो रेस्टरन्टको हालत खराब भयो ।
केही ग्राहकले प्राप्त गरेको सदस्यता कार्ड आफूले खाएपछि परिवार र नातेदारलाई खानका लागि दिन थालेका थिए ।
जसले रेस्टरन्टको सञ्चालनमा समस्या प-यो ।
दैनिक ५०० ग्राहक औसतरूपमा आउने गरेको थियो । खाना खाने समयमा रेस्टरन्टको एक छेउमा लामो लाइन लाग्ने गर्न थालेको थियो ।
मालिकले दैनिक खाना खानेहरूको लामो लाम देखेर नाफा हुने सोचिरहेका बेला अनअपेक्षितरूपमा ८० हजार अमेरिकी डलर बराबरको घाटा हुन पुग्यो ।
मालिकले भने “ आफूहरूको व्यवसायिक दक्षताको अभाव र खाना खानेहरूको असभ्य व्यवहारका कारण रेस्टरन्ट बन्द गर्नु परेको छ ।”
चेङदुमा हटपट रेस्टरन्टहरू लोकप्रिय रहेका छन् । १ करोड भन्दा बढी मानिसहरूको यो क्षेत्रमा २०हजार भन्दा बढी हटपट रेस्टरन्टहरू रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया