विश्वकपः नकआउटमा पुग्न अर्जेन्टिनाले खेल जित्नै पर्ने, मेस्सीमाथि चौतर्फी दबाव

रसिया। जारी विश्वकप फुटबलको सातौं दिनको समाप्ती सम्म आइपुग्दा २ टोली रसिया र उरुग्वे नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।

आयोजक राष्ट्र रसिया र उरुग्वे आफ्नो समूहको एक खेल अगाबै प्रि—क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । इजिप्ट र साउदी अरेबिया भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् । त्यस्तै, समूह ‘बी’ बाट मोरक्को पनि बाहिरिएको छ ।

आजराती समूह ‘डी’ को खेलमा उपाधी दाबेदार मानिएको अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । यि दुई टिमविचको खेल निज्नी नोभगोरोड स्टेडियममा नेपाली समयअनुसार आजराती ११ः४५ बनेपछि सुरु हुदैछ । यता मोरक्को पनि प्रतियोगिताबाट बाहिरिएको छ । फिफा वरियताको पाँचौ स्थानमा रहेको अर्जेन्टिना १८ औ स्थानमा रहेको क्रोएसियालाई पराजित गदै अघिल्लो चरणको यात्रा तय गर्न चाहन्छन् । 

समूह चरणको पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको क्रोएसिया समूह ‘डी’  को शीर्ष स्थानमा छ । अर्जेन्टिनाले नब प्रवेशी आइसल्याण्डसँग बराबरी खेल्दै १ अंक बनाएको छ । 
आजको खेलमा क्रोएशिया विजयी भए प्रि–क्वार्टरफाइलनमा प्रबेश गर्नेछ भने बराबरी वा पराजयले अर्जेन्टिनालाई अप्ठेरो पर्नेछ । पहिलो खेलमा पाएको पेनाल्टीमा गोल गर्न चुकेका सुपरस्टार लियोनल मेस्सी माथि पनि चौतर्फी दबाब छ ।

समकालीन फुटबलर रोनाल्डो र मेस्सीमध्ये अहिले मेस्सी बढी दबावमा छन् । रोनाल्डोले पहिलो खेलमै ह्याट्रिक गरेर आफूलाई उत्कृष्ट खेलाडी सावित गरिसकेका छन् । क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मेस्सीले राष्ट्रिय टिमका लागि भने खासै उपलव्धी हासिल गर्न सकेका छैनन् । पहिलो खेलमा नाईजेरियामाथि २–० गोलको जित हासिल गरेको क्रोएसिया आजको खेलमा अर्जेन्टिनालाई हराउँने मनोबलका साथ मैदानमा उत्रनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?