काठमाडौं । विश्व ओलम्पिक डेको अवसरमा भारोत्तोलन ‘टेक्निकल अफिसियल एन्ड एथलिट’ सेमिनार बिहीबार सम्पन्न भएको छ ।
नेपाल भारोत्तोलन संघको आयोजनामा सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको एकदिने सेमिनारमा प्रशिक्षक, रेफ्री र खेलाडी गरी जम्मा ६० जनाले सहभागिता जनाएका थिए ।
भारोत्तोलनका पूर्व प्रमुख प्रशिक्षकद्वय पार्थ सारथी सेन गुप्त र तिलक राउतले सेमिनार सञ्चालन गरेका थिए ।
सांसद समेत रहेका ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सेमिनारको उद्घाटन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया