काठमाडौं । प्रथम बृहत राष्ट्रिय पारा खेलकुद अन्तर्गत पारा पौडी प्रतियोगिताको स्पाइनल कर्ड इन्जुरीको पुरुष ५० मिटरमा अकल तामाङले बिहीबार स्वर्ण पदक जितेका छन् ।
सोही स्पर्धाको महिलामा पारा ओलम्पियन लक्ष्मी कुँवर पहिलो भइन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय पारा पौडी संघको व्यवस्थापनमा भएको प्रतियोगिताको एम्बुटीतर्फ पुरुष ५० मिटरमा भीमबहादुर कुमाल तथा महिला २५ मिटरमा सरिता थुलुङ पहिलो भए ।
विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट लगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । जोरपाटीमा भएको एकदिने प्रतियोगितामा १६ खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया