गर्मी मौसममा पसिनाको गन्धले तनाव दिन्छ । आफ्नै शरीरको गन्धले गर्दा कैयन् समस्या पर्छन् । सार्वजनिक बसमा होस् या, अफिसमा होस्, आफ्नो पसिना गन्हायो कि भन्ने पिरलो हुन्छ ।
पसिना आउने कारण मानसिक तनाव, शारीरिक परिश्रम, भावनात्मक उत्तेजना, खाना, वातावरणको उच्च तापमानका कारणले गर्दा पसिना आउने गर्छ ।
हुन त गर्मीमा पसिना आउनु सामान्य कुरा पनि हो र यसले मोटोपन र कैयन् बिमार लाग्नबाट पनि जोगाउँछ । खासमा पसिना गन्धरहित नै हुन्छ तर जब पसिना शरीरको छालामा भएको ब्याक्टेरियासँग मिल्छ, तब पसिनाको गन्ध आउन थाल्छ ।
सौन्दर्य विशेषज्ञका अनुसार कागतीको पानी, दही, सोडा र ताजा पानी खाँदा गर्मीमा पसिना आउने समस्या कम हुन सक्छ ।
गर्मीबाट छुटकारा पाउन कपडालाई पनि सन्तुलनमा राख्न सकिन्छ । सधैजसो फरक कपडा लगाउने र सुतीका पातलो कपडा लगाउँदा पनि गर्मी कम हुन्छ र पसिना कम आउँछन् । प्रसस्त मात्रामा पानी पिउँदा गर्मीमा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया