रसिया । जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा सर्वियालाई पराजित गदै स्वीट्जरल्यान्डले प्रि—क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भाबनालाई सहज बनाएको छ ।
कलिनिङगार्ड स्टेडियममा शुक्रबारराति सम्पन्न समूह ‘ई’ को खेलमा सर्वियालाई २—१ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्डले अघिल्लो चरण प्रवेशको आशालाई जिवितै राखेको हो । स्विट्जरल्यान्डलाई जित दिलाउन साकिरीले निर्णायक गोल गरेका थिए ।
उनले खेलको अन्तिम मिनेटमा गोल गरेपछि स्विट्जरल्यान्डले महत्वपूर्ण ३ अंक बटुलेको हो । खेल सुरु भएको पाँच मिनेट पनि बित्न नपाउदै सर्वियाका लागी अलेक्जन्द्रर मिट्रोभिकले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १—० ले पछाडी परेको स्विट्जरल्यान्डले ५२ मिनेटमा गोल गर्यो । ग्रानिट जाकाले गोल गर्दै खेललाई १—१ को बराबरी ल्याए ।
सर्वियाका डिफेन्डरबाट रिबाउन्ड आएको बललाई जाकाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । ९० औं मिनेटमा जेर्दन शाकिरीले वन भर्सेस वानको स्थितीमा उत्कृष्ट गोल गर्दै स्वीट्जरल्याण्डको जित सुनिश्चित पारे ।
पहिलो खेलमा ब्राजिलसग बराबरीमा रोकेको स्वीट्जरल्यान्डको समूहमा ४ अंक बनाएको छ भने सर्वियाको ३ अंक छ । यता ब्राजिलको पनि ४ अंक नै छ । हारसगै सर्वियाको नकआउट चरणमा प्रवेश गर्ने यात्रा अब कठिन बनेको छ ।
अन्तिम खेलमा अब सर्वियाले बलियो प्रतिद्धन्दी ब्राजिलको सामना गर्नेछ भने भने स्वीट्जरल्याण्डले कोस्टारिकासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया