उच्च मनोबल लिएर कोरियाविरुद्ध मेक्सिको मैदानमा उत्रदै

रसिया । २१ औ संस्करणको फिफा विश्वकप अन्तर्गत समूह ‘एफ’ मा रहेको मेक्सिकोले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्दैछ । 

यि दुई टिमविचको खेल रोस्तोभ एरिनामा नेपाली समयअनुसार आजराति ९ः४५ बजेपछि सुरु हुदैछ । पहिलो खेलमा स्विडेनसँग १—० ले पराजित भएको दक्षिण कोरिया मेक्सिकोलाई पराजित गदै ३ अंक जोड्न चाहन्छ ।

लगातार खराब खेल प्रर्दशन गरेको कोरियाले आजरातिको खेलमा मेक्सिकोलाई दबाव दिने मनोस्थितीका साथ मैदानमा उत्रदैछ । पछिल्ला विश्वकपमा कोरियाले खेलको १३ मध्ये १२ खेलमा गोल खाएको छ । समूहको पहिलो खेलमा उपाधि दाबेदार तथा साबिक विजेता जर्मनीलाई १—० ले हराउँदै महत्वपूर्ण ३ अंक जोडेको मेक्सिको उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रदैछ ।

आजरातिको खेलमा मेक्सिकाले जित दर्ता गराए अन्तिम १६ मा प्रवेश गर्नेछ । देशका लागि १ सय ४ खेल खेलिसकेका दक्षिण कोरियाका मिडफिल्डर के सङ्युएङ्ले मेक्सिको विरुद्धको खेलमा जित दर्ता गराउनेमा आशावादी रहेको बताए ।

सन् २००२ यता मेक्सिकोले कुनै पनि विश्वकपमा लगातार जित हासिल गर्न सकेको छैन । त्यसबेला मेक्सिकोले क्रोएसिया र इक्वेडरलाई पराजित गरेको थियो ।

मेक्सिकोका प्रशिक्षक ओसोरिओले प्रतिद्धन्दी टिम कोरिया भन्दा आफूहरु बलियो भएको दाबी गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?