विश्वकपः ४ टिम प्रि—क्वाटरफाइनलमा पुग्दा, ५ टिम बाहिरियो

काठमाडौं ।  जारी २१ औ संस्करणको विश्वकप फुटबलमा अहिलेसम्म कति टिमले नकआउट चरणको यात्रा तय गरे कति टिम बाहिरि भन्ने सबै फुटबल प्रेमी दर्शकहरुको जिज्ञाशाको विषय हुन सक्छ । तपाईका यस्ता जिज्ञाशा र चासोलाई हामी मेटाउने छौं ।

अहिलेसम्म विश्वकपमा ५ टिम बाहिरिसकेका छन् भने ४ टिमले प्रि—क्वाटरफाइनलको यात्रा तय गरिसकेका छन् ।  इजिप्ट जारी विश्वकप फुटबलबाट बाहिरिने पहिलो टोली बनेको छ । यता कोस्टारिका अन्तिम टिम बनेको छ ।

समूह ‘ई’ को २ खेलमा लगातार हार बेहोरेको कोस्टारिकाको विश्वकप यात्रा समूह चरणमा नै सिमित भयो । समूहको दोस्रो राउण्डको खेलमा उपाधी दाबेदार ब्राजिलसँग २—० गोलले पराजित भएसँगै कोस्टारिकाको विश्वकप यात्रामा पूर्णविराम लागेको हो । 

त्यस्तै, यसअघि समूह ‘ए’ बाट  आयोजक राष्ट्र रसिया र उरुग्वे राउण्ड अफ सिक्सटिनमा प्रवेश गरिसकेको छ ।  समूह ‘सी’ बाट फ्रान्स र समूह ‘डी’ बाट क्रोएसिया पनि अघिल्लो चरणमा पुगिसकेको छ ।

प्रि—क्वाटरफाइनलमा प्रवेश गर्ने टिम 

रसिया

उरुग्वे

फ्रान्स

क्रोएसिया

समूह चरणबाटै बाहिरिएका टिम

साउदी अरेबिया

इजिप्ट

मोरक्को

पेरु
कोस्टारिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?