कामाडौं । कर्णाली डेभलपमेण्ट बैंकले हकप्रदमा अबितरित भएको ७ लाख ८ हजार १५८ कित्ता शेयर लिलामी गर्ने भएको छ ।
बैंकले असार १७ गते देखि ५ लाख २३ हजार ५ सय ७० कित्ता संस्थापक र एक लाख ८४ हजार ५ सय ८८ कित्ता सर्वसाधारण शेयर लिलामी गर्ने भएको हो ।
बैंकको शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाले असार १७ गते देखि २४ गतेसम्म बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीका साथै प्रभु बैंकको शाखा कार्यालयहरु विराटनगर, विरगञ्ज, पोखरा, नारायणगढ, सुर्खेत धनगढीबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
त्यस्तै कर्णाली बैंकको नेपालगञ्ज (बाँके), दाङ (तुल्सिपुर), घोराही, लमही, बाँके (कोहलपुर) र बर्दिया शाखा कार्यालयबाट समेत लिलामी सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्न सक्नेछन् ।
कर्णाली डेभलपमेण्ट बैंकको बिहीबार प्रतिकित्ता १ सय १३ रुपैयाँमा नेप्सेमा शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया