रसिया। फिफा विश्वकप फुटबल अन्तर्गत आज राति जर्मनीले स्वीडेनसँग भिड्दैछ ।
सोचीस्थित फ्रिस्ट स्टेडियममा हुने यि दुई टिमविचको खेल नेपाली समयअनुसार आज राती ११ः४५ बजेपछि सुरु हुदैछ । पहिलो खेलमा मेक्सिकोसँग पराजित भएका कारण दबावमा रहेको जर्मनीले आजको खेल जित्नै पर्नेछ । उपाधि रक्षा अभियान बलियो बनाउन र समूह चरणबाट बाहिरिन पन्छाउन जर्मनीले स्वीडेनलाई हराउँनै पर्नेछ ।
पहिलो खेलमा ब्यहोरेको हारलाई बिर्सदै जर्मनी प्रि—क्वार्टरफाइनलको यात्रा सहज बनाउन चाहन्छ । पहिलो खेलमा दक्षिण कोरियालाई हराएर ३ अंक बटुलेको स्वीडेन तुलनात्मक रुपमा कम दबाबमा छ । यद्धपी जर्मनीलाई हराएमा स्वीडेनले दुई संस्करणको अन्तरालपछि विश्वकपमा फर्किएको हो । स्वीडेनले सन् २००२ र २००६ को विश्वकपमा प्रि—क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।
सन् १९५८ मा उपविजेता बनेको स्वीडेनले सन् १९९४ मा तेस्रो स्थानमा चित्त बुझाएको थियो । त्यसपछि उसले विश्वकपमा ठूलो सफलता हात पार्न सकेको छैन । स्वीडेनले जर्मनीलाई सन् १९८८ पछि हराउन सकेको छैन । स्वीडेन र जर्मनी यसअघि ३६ पटक आमने—सामने भएका छन् ।
जसमा १५ खेल जर्मनीले जितेको छ भने १३ खेल स्वीडेनले जितेको छ । बाँकी आठ खेल बराबरीमा टुंगिएको थियो । यी दुई टिम पछिल्लो पटक सन् २०१३ मा भएको ब्राजिल विश्वकपको छनोट प्रतियिोगितामा भिडेका थिए, जसमा जर्मनीले ५–३ को जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया