कठमाडौं । नेपाल स्टक एक्सेचञ्जमा बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन भएको छ ।
शुक्रबार बैंकको १३.२५ प्रतिशत बोनसपश्चात शेयर मूल्य समायोजन भएको हो ।
नेप्सेले बोनस पश्चात बैंकको प्रतिकित्ता शेयर मूल्य २ सय ७३ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । समायोजन भएको शेयर मूल्यको आधारमा नै बैंकको शेयर कारोबार आइतबार खुला हुनेछ ।
बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधार मूल्य ३ सय ६८ रुपैयाँ ३७ पैसा कायम भएको हो ।
बैंकले गत वर्षको नाफाबाट १३.२५ प्रतिशत बोनस शेयर वितरण गर्न शुक्रबार बुकक्लोज गरेको थियो । यसअनुसार असार ७ गतेसम्म कायम शेयरधनीले मात्र बोनस प्राप्त गर्नेछन् ।
६ अर्ब २४ करोड चुक्ता पूँजी रहेको बैंकको बोनसपछि ७ अर्ब ७ करोड २८ लाख चुक्ता पूँजी पुग्नेछ ।
बैंकले बोनस वितरण प्रस्ताव पारित गर्न असार २८ गते बिहीबार साधारण सभा आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया