काठमाडाैं । अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफूमाथि षड्यन्त्र भएको भन्दै दोषी ठहरिए कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएका हुन्।
शाहले आफ्नै नजिकका साथीहरूबाट यस्तो षड्यन्त्र भएको भन्दै उनीहरूको नाम समेत उल्लेख गरेका छन् । साथै उनले आफूलाई फसाउन गरेको षड्यन्त्रको अडियो क्लिप समेत सार्वजनिक गरेका छन् ।
उनीमाथि नाबालिका गायिकामाथि यौन दुर्व्यवहारको आरोपसहित प्रहरीमा उजुरी परेको छ ।
उनले फेसबुकमा लेखेको स्टाटस हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया