समग्र कलाकारकै नाक काटिएको छ : शिव परियार

लोकपथ
483
Shares

काठमाडाैं । गायक शिव परियारले पल शाहको विवादले समग्र कलाकाकै नाक काटिएको बताएका छन् ।

उनले फेसबुक स्टाटसमार्फत अभिनेता पल शाह र एक जना गायिकाको विषयमा भएको विवादित घटनाले कुनै व्यक्तिको मात्र नभएर कलाकारकै नाक काटिएको बताएका हुन् ।

परियारले कलाकारिता क्षेत्रमा राम्रो काम गरेर स्थापित भइसकेका कलाकारको नै यस्ता घटना आउनुले आफू दुःखी भएको बताएका छन् ।

उनले कलाकारिताप्रति समाजमा भएको नकारात्मक धारणालाई यस्ता कुराले झन् धेरै पुष्टि गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाइले भतभती होला, तर समग्रमा भन्दा यो सारा कुराले चैँ समाजको नजरमा हाम्रो संगीत उद्योग, चलचित्र उद्योग र तपाईँ हामी समग्र कलाकारकै नाक काटिएको छ है, कलाहरुको पनि कला ललितकला त्योभित्रको पनि उत्कृष्ट कला संगीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुःख लागेको छ । ‘कलाकारिता’ भन्ने गहन अर्थ बोकेको विधालाई सधैँ यो समाजले नाँच्ने गाउने पेसा राम्रो हैन भनेर बुझेको थियो, यो बुझाइलाई यो घटनाले थप पुष्टि गरेको छ । खै के भनौँ यस्तो सबै नभइदिएको भए हुनेथियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?