भारतीयहरू अमेरिकी ठूला टेक कम्पनीको ठूलो ओहदामा किन ?

एजेन्सी :अमेरिकी टेक कम्पनीमा भारतीयहरूको सहभागीता प्रभावशालीरूपमा बढेको पाइन्छ । अमेरिकाको टेक कम्पनी गुगल र माइक्रोसफ्टका प्रमुख कार्यकारीहरू क्रमशः सुन्दर पिचाइ र सत्या नाडेला हुन् ।

यसका विपरीत अमेरिकी विश्वविद्यालयमा पढने विद्याथीहरूको संख्या भारतको भन्दा चिनियाँहरूको धेरै छ ।

सन् २०१६–१७को शैक्षिक सत्रमा  अमेरिकी विश्वविद्यालयहरूमा चिनियाँ विद्याथीहरूको नामांकन ३ लाख ५० हजार ७ सय ५५ जना थियो ।

तर भारतीहरूको यो संख्या १ लाख ८५ हजार मात्र देखिएको छ ।

यसबाट चिनियाँहरूमा केही चिन्ता बढाएको देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् २०१५ अगस्त महिनामा गुगलको प्रमुख कार्यकारी बनेको पिचाइ तमिलनाडुमा जन्मेका हुन् भने सन् २०१४मा माइक्रोसफ्टका प्रमुख कार्यकारी बनेको नाडेला भने तेलांगनामा जन्मेका हुन् ।

यसका अतिरिक्त स्यानडिस्क, एडोब सिस्टम, पेप्सी, हर्मन इन्टरनेशनल र कग्निजान्टका प्रमुख कार्यकारीहरू पनि भारतमै जन्मेकाहरू हुन् ।

यस्ता बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारीहरूमा चिनियाँ जन्मेका विज्ञहरूको उपस्थिति किन भइरहेको छैन भन्ने विषयमा चीनको ग्लोबल टाइम्समा प्रकाशित लेख सार्वजनिक गरिएको छ ।

लेखमा भनिए अनुसार भारतीयहरू अमेरिकी कम्पनीहरूमा प्रमुख कार्यकारी जस्ता पदमा जानु उनीहरूको व्यक्तिगत सफलता मात्र होइन् । कम्पनीले भारतलाई सफ्ट पावर दिन्छ ।

अमेरिकाको सिलिकन भ्यालीमा पिचाइ वा नाडेलाले  भारतका छविलाई चम्किलो पार्नेछन् जसले भारतलाई  अमेरिकी टेक व्यवसायप्रति बढी लोभ्याउन सक्छ ।

भारतीयहरूलाई प्रतिभाको पोषण गर्न र भाषाले उनीहरूलाई विभिन्न संस्कृति अंगीकार गर्न सहज बनाउन सहयोग गर्छ ।

उता चिनियाँ विद्यार्थीहरूले अध्ययन गरेपछि अमेरिकामा बस्नु भन्दा पनि चीनमा फर्किने गर्छन र चिनियाँ अर्थतन्त्रलाई ध्यान दिने गरेको कुरो त्यो लेखमा गरिएको छ ।

आइडीसी चाइनाका टेक सल्लाकार तथा विश्वव्यापी अनुसन्धानका निर्देशक क्रिस दोंगले  भारतीयहरूले इन्जिनियर शुरू गर्छन र ठूला व्यवसायिक भूमिकाको खोजी गर्ने गरेको उल्लेख गरेका छन् ।

अधिकांश भारतीयहरूले अमेरिकी हाइटेक कम्पनीहरूमा सोही बाटो अवलम्बन गर्न खोज्छन् । उच्च पदको खोजीका लागि हाइटेक उत्पादन बनाउन इन्जिनियरहरू क्रियाशील हुन्छन् ।

यसबाट कम्पनीका रणनीति र सञ्चालन विधि सिक्छन् ।

दोंग भन्छन् “ पिचाइकै कुरो गरौं ।सन् २००४मा गुगलको प्रडक्ट म्यानेजमेन्टका उपाध्यक्ष भएर गुगलमा प्रवेश गरे । अप्लाइड म्याटेरियल्स इंकमा सेमिकन्डक्टर बनाउने विभागको इन्जिनियरिंग र प्रडक्ट म्यानेजमेन्ट र म्याकिन्से एन्ड कम्पनीमा म्यानेजमेन्ट कन्सल्टिंगमा पिचाइले काम गरेका थिए । यसको विपरीत चिनियाँ इन्जिनियरहरूले टेक्निकल भ-याङमा आफ्नो करियार खोज्छन् ।

 अमेरिकाको अनुसन्धान र विकास(आरडी)मा भारतमा लगानी  चीनमा भएको लगानीको भन्दा दुई गुना देखि तीन गुनासम्म हुन सक्ने देखिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?