काठमाडौं : जिम्बाबेका राष्ट्रपति र्इमर्सन मनाङग्वाग्वामाथि बुल्वेअो सहरमा बम अाक्रमण भएको छ । ह्वार्इट सिटी स्टेडियममा अायोजित चुनावी -यालीमा सम्बोधन गरिरहेका र्इमर्सनलार्इ लक्षित गरी केही र्इन्च पर भयानक विस्फोट भएको थियो ।
अाक्रमण प्रयासपछि प्रतिक्रिया दिँदै राष्ट्रपति र्इमर्सनले 'अाफु भाग्यका कारण मात्रै बँचेको' बताएका छन् । विस्फोटमा कम्तिमा १५ जना घार्इते भएका छन् ।
उपराष्ट्रपति केम्बो मोहदीको खुट्टामा चोट लागेको र स्वास्थ्य मन्त्री लगायत सरकारी अधिकारीहरूका अंगरक्षकहरू घार्इते भएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
गत नोभेम्बरमा तत्कालिन राष्ट्रपति रोबर्ट मुगावेलार्इ सत्ताच्युत गरि र्इमर्सन राष्ट्रपतिमा चुनिएका थिए ।
अागामी जुलार्इ ३० तारिकमा हुने चुनावको तयारीका लागि सत्ताधारी दल चुनावी प्रचारमा रहेका बेला राष्ट्रपतिमाथि नै निशाना साँधेर अाक्रमण भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया