काठमाडौं : धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप मार्इक्रोफार्इनान्सले ४ लाख ८० हजार कित्ता अार्इपीअो बिक्री खुला गरेको छ । अाज (अार्इतबार) देखि लगानीकर्ताले प्रतिकित्ता सय रूपैयाँका दरले अार्इपीअो खरिदका लागि अावेदन दिन सक्नेछन् ।
चुक्ता पूँजी बढाउन नाडेपले अार्इपीअो जारी गरेको हो । हाल यो मार्इक्रोफार्इनान्सको चुक्ता पूँजी ११ करोड २० लाख रूपैयाँ छ । अार्इपीअो विक्रीपछि संस्थाको चुक्ता पूँजी १६ करोड रूपैयाँ पुग्नेछ । चुक्ता पूँजी ३० प्रतिशत बढाउनेगरि मार्इक्रोफार्इनान्सले सोही मूल्य बराबरको अार्इपीअो जारी गरेको हो ।
जारी गरिएको कूल कित्ता अार्इपीअोमध्ये ५ प्रतिशत (२४ हजार कित्ता) संस्थाका कर्मचारीलार्इ, अर्को ५ प्रतिशत सामूहिक लगानी कोष र बाँकी ९० प्रतिशत अर्थात ४ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको कम्पनीले जनाएको छ ।
अार्इपीअो बिक्री प्रबन्धकको जिम्मा नबिल र्इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड (नक्साल) लार्इ दिर्इएको छ भने मार्इक्रोफार्इनान्सको केन्द्रीय कार्यालय-गजुरी र अास्वा सदस्य रहेका सवै बैंक तथा वित्तीय संस्थाबाट अावदेन दिन सकिने व्यवस्था संस्थाले मिलाएको छ । सी-अास्वाबाट घरैमा बसेर पनि शेयर भर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया