महोत्तरीका चार विद्यालयमा मैथिली भाषामा पठनपाठन शुरु

महोत्तरी । महोत्तरीको जलेश्वरनाथ नगरपालिका –७ स्थित विद्यालयमा मैथिली विषयको पठनपाठन शुरु भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जलेश्वरनाथ–७ स्थित मावि वखरी भाट तथा सोही वडामा अवस्थित तीन प्रावि विद्यालयका कक्षा एकका बालबालिकालाई मैथिली पुस्तक प्रदान गर्दै उक्त विद्यालयहरुमा मैथिली शिक्षण शुरु भएको घोषणा गरेका छन् । 

मावि वखरीभाटमा शनिबार आयोजना गरिएको कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नेपाली पछि देशकै सबैभन्दा बढी बलिने भाषा मैथिली भएको र आफ्नै मातृभाषामा पठनपाठन गराउँदा सिकाइ प्रभावकारी हुने बताए । 

त्यस्तै अन्य मातृ भाषाहरुमा पठनपाठन हुने व्यवस्था गर्नुपर्ने उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?