‘अठोट लिएपछि आँट आफै जुट्दो रहेछ’

‘भगवानले तँ आँट, म पु–याउँछु भन्छन् रे !  त्यस्तै भयो मेरो जीवनमा पनि । आँट मैले गरेँ त्यसपछि क्रमश भगवानले सबै पु–याउँदै जानुभयो । सगरमाथाको टुप्पो टेकेरै छोडेँ ।’ लोकपथसँगको अन्तर्वातामा पुर्निमा श्रेष्ठले मुस्कुराउँदै भनिन् ।

सगरमाथाको चुचुरो अर्थात् विश्वकै सर्वोच्च स्थानमा पुगेर आफ्नो देशको झण्डा फर्फराउने ईच्छा कसलाई नहोला ? तर त्यो ईच्छालाई वास्तविकतामा विरलैले मात्र परिणत गर्न सक्छन् । 

पेशाले फोटो पत्रकार । सानी चिटिक्क परेकी । हरबखत मुस्कुराइरहने अनि मुस्कुराउँदा गालामा पर्ने डिम्पलकी धनी पुर्निमा श्रेष्ठले हालै सगरमाथा आरोहण गरेकी छिन् ।

लोकपथसँग अन्तर्वाताकाक्रममा उनले आफ्ना अनुभवहरु सुनाइन् । लोकपथकर्मी प्रेरणा तिमल्सिनाले श्रेष्ठसँग गरेकोे कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

सगरमाथा चढ्ने योजना कसरी बनाउनुभयो ?

सगरमाथा आरोहण गर्ने मेरो बच्चैदेखिको सपना होइन । धेरै समय सोचविचार गरेर लिएको निर्णय पनि होइन । पेशाले फोटोपत्रकार नभएको भए सायद म कहिले हिमाल चढ्ने बारेमा सोच्ने पनि थिइन होला ।

विभिन्न देशबाट सगरमाथाको फोटो खिच्न पत्रकारहरु आउँछन्, पर्यटकहरु आउँछन् । म आफैँ सगरमाथाको काखमा जन्मिएकी छोरी किन त्यहाँ नपुग्ने ? जस्तो अनुभव भएपछि मैले सगरमाथा चढ्ने निर्णय गरेँ । 

योजना बनिसकेपछि त्यसलाई पूरा गर्ने आँट चाहिँ कसरी जुटाउनुभयो त ?

मलाई फोटो पत्रकारिता आफैँमा साहसी पेशा जस्तो लाग्छ । शारीरिक बल भन्दा पनि मानसिक बल र साहस अत्यन्तै महत्वपूर्ण छ पत्रकारितामा ।

भूकम्प, आन्दोलन, बाढीपहिरो आदिजस्ता विकराल परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी क्यामेरामा दृश्य कैद गर्न तत्पर रहनुपर्छ ।  त्यसैगरी हिमाल चढ्न पनि शारीरिक बलका साथै आत्मबल अझै बेसी चाहिँदो रहेछ भन्ने मेरो व्यक्तिगत अनुभवले मलाई सिकायो । म गर्न सक्छु भनेर अठोट लिएपछि आँट त आफैँ जुट्दो रहेछ । 

परिवारमा को को हुनुहुन्छ ?

हामी ४ जना । मामु, बाबा, म र दाजु । 

संसारकै सबैभन्दा उच्च हिमाल आरोहण गर्छु भन्दा परिवारले कस्तो प्रतिक्रिया दिनुभयो ?

अचम्म लाग्छ, मेरो परिवारबाट हिमाल आरोहण गर्ने कुरामा मलाई कहिले रोकटोक भएन । सगरमाथा चढ्नुअघि मैले ८,१६३ मि को मनास्लु चढिसकेको थिएँ ।

पछि हिमाल आरोहण गरेर आएपछि आफन्तहरुले भन्नुहुन्थ्यो – “तेरो ममी तँलाई सम्झिँदै जहिले रुन्थ्यो ।” बाबा त झन् हिमाल देखेको दिन राम्रोसँग काम नि गर्नुहुन्न थियो रे । समुन्द्रको किनार घुमाउन नसके पनि हिमालको किनार घुमाउँछु भनेर ४००० मि सम्म बाबालाई लगेको थिएँ । त्यसपछि झनै चिन्ता भएछ वहाँलाई । “मलाई त्यहाँसम्म पुग्न त यस्तो गाह्रो भयो छोरीलाई कति गाह्रो हुन्छ होला” भन्नुहुन्थ्यो रे मामुसँग ।

मामु डराउनुहुन्छ भनेर सुरुमा बाबालाई आफ्नो योजनाको बारेमा भनेँ । बाबाले सकारात्मक प्रतिक्रिया दिएपछि मामुलाई पनि सुनाएँ ।

वहाँले पनि तिमी सक्छौ भनेर हौसला दिनुभयो । मेरो क्षमताको बारेमा सायद मभन्दा बेसी वहाँहरुलाई थाहा थियो । 

पछि हिमाल आरोहण गरेर आएपछि आफन्तहरुले भन्नुहुन्थ्यो – “तेरो ममी तँलाई सम्झिँदै जहिले रुन्थ्यो ।” बाबा त झन् हिमाल देखेको दिन राम्रोसँग काम नि गर्नुहुन्न थियो रे । (भावुक हुँदै)

समुन्द्रको किनार घुमाउन नसके पनि हिमालको किनार घुमाउँछु भनेर ४००० मि सम्म बाबालाई लगेको थिएँ । त्यसपछि झनै चिन्ता भएछ वहाँलाई । “मलाई त्यहाँसम्म पुग्न त यस्तो गाह्रो भयो छोरीलाई कति गाह्रो हुन्छ होला” भन्नुहुन्थ्यो रे मामुसँग ।

सगरमाथा आरोहण गर्न केकस्ता कुराहरु आवश्यक पर्दा रहेछन् त ?

सबैभन्दा आवश्यक कुरा भनेको आत्मबल हो । शारीरिक रुपमा जति नै बलियो भएनि साहस र आत्मबल भएन भने हिमाल आरोहण असम्भव छ । त्यसपछि आर्थिक पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सामान्य परिवारको मान्छेले सबै खर्च जुटाउन नसक्ने हुँदा स्पोनसर खोज्नुपर्ने हुन्छ ।

पहिलो प्रयासमै सगरमाथा जाने होइन । शारीरिक तयारीहरु हुन्छन् । स्टामिना बढाउनलाई त्यही अनुसारको खाना खानुप–यो, व्यायाम गर्नुप–यो । टे«किंग, हाईकिंग जानुपर्छ । ६००० मि का साना पिकहरु चढ्नुपर्दछ । 

तपाईँको तयारी कस्तो थियो त ?

मनास्लु चढ्ने बेला त मसँग तयारीको लागि पर्याप्त समय थिएन । त्यसैले शारीरिक रुपमा आफूलाई निखार्न पाइन । तर सगरमाथा आरोहण गर्नु अघि स्वीमिङ्ग, रनिङ्ग, टे«किंग, हाईकिंग, हाई क्याम्पिंग आदिजस्ता क्रियाकलापमा एकदमै सक्रिय भएँ । 

सधैँ बिहान ढिलोसम्म सुत्ने म, सगरमाथा चढ्ने भनेपछि त आफैँ भित्रबाट जोसजाँगर पलाएर आउँथ्यो । सबेरै उठ्थेँ । शारीरिक व्यायामहरु गर्थेँ । खाली समय भयो कि स्वयमभू जान्थेँ रनिंगको लागि । टे«किंग जान्थेँ । 

आफ्नो मनोबल र साहसलाई जतिसक्दो बुस्ट गर्ने कोसिस गर्थेँ । (प्रफुल्ल मुद्रामा)

जुनसुकै हिमाल आरोहण गर्दैगर्दा पनि बाटोमा विभिन्न बेसक्याम्पहरु हुन्छन् भनिन्छ  । बेस क्याम्प कस्तो हुँदो रहेछ ?

बेस क्याम्पमा बस्दा त मलाई काठमाडौँमा बसेजस्तै फिल हुन्थ्यो । त्यहाँ खाना, बिजुली, इन्टरनेट लगायत सबै सुविधा उपलब्ध हुन्छ । आरोही, गाइड, भरिया गरी करिब १५००–२००० जना व्यक्तिको चाप हुन्छ । त्यसैले एक्लो महसुस हुने कुरै हुँदैन ।

टेन्टमा सुत्नुपर्छ, जाडो त एकदमै हुन्छ तर बेस क्याम्पको बसाईँ एकदमै रमाइलो भएकाले केही समस्या परेजस्तो अनुभव नै हुँदैन ।

आरोहीहरुको सङ्ख्या बढेकाले हिमाल चढ्दै गर्दा बाटोमा जाम नै हुन्छ रे नि ?

हा हा ! हो कहिलेकाहीँ भीड हुन्छ । हिम पहिरोको सम्भावना भएकाले एउटा क्याम्पबाट अर्को क्याम्पसम्म जाँदै गर्दा प्राय बिहान ३ बजे नै सबैले यात्रा सुरु गरिसक्छन् ताकि घाम उदाउनु अघि नै गन्तव्यमा पुगियोस् ।

त्यसैले बाटोमा भीड हुने भएकाले कहिलेकाहीँ पर्खिनु पर्ने हुन्छ । यस्तो बेला चाहिँ हिउँले हात ठिर्याउने, बेसी गलेको जस्तो फिल हुने गथ्र्योे । 

संसारकै सबैभन्दा चुच्चो ठाउँमा पाइला टेकेको समय याद छ ?

हजुर । २०७५ साल जेठ ५ गते बिहान ८ बजेर १० मिनेटमा ।

त्यो समयमा कसलाई सम्झनुभयो , के सम्झनुभयो, अनुभव कस्तो थियो ?

साँच्चै भन्नुपर्दा मलाई त त्यस्तो एक्साइटमेन्ट नै फिल भएन । 

मेरो फोटो एक्जिबिसन पनि थियो सगरमाथामा । मामुको पनि फोटो बोकेर गाको थिएँ । चुचुरोमा पुगेपछि सबैभन्दा सुरुमा वहाँलाई नै सम्झिएँ । चढ्ने क्रममा त झन् मामुलाई धेरै सम्भिएको थिएँ । कहीँ लड्दा, जाडो हुँदा, ठक्कर लाग्दा ‘ऐया ममी’ भन्न आउँथ्यो ।  

माथि टुप्पो मै पुग्ने बेला ममा स्नो ब्लाइन्डनेसको लक्षण देखा परिसकेको थियो । साथै फ्रस्ट बाइटका कारणले पनि अत्यन्तै गाह्रो फिल भइरहेको थियो । त्यसैले नै चुचुरोमा पुग्नासाथ त्यस्तो वाह भन्ने खालको अनुभुति  नभाको होला । चढ्नुभन्दा फर्किनु महत्वपूर्ण भएकाले मुख्य काम त अझै बाँकी नै छ जस्तो लाग्यो ।

पछि सुरक्षितसाथ बेस क्याम्पमा फर्किसकेपछि चाहिँ बल्ल आफैँप्रति प्राउड फिल भयो । (दङ्ग पर्दै)

 

  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?