काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ७५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ १६ पैसा र बिक्री दर १३५ रुपैयाँ ८३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ८८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८७ रुपैयाँ छ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रीदर ९४ रुपैयाँ ६२ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५८ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैँया १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ सात पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ तीन पैसा र बिक्रीदर १० रुपैयाँ आठ पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया