काठमाडौं। जारी २१ औं संस्करणको विश्वकप फुटबलमा गोल्डेन बुटको दाबेदारीमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डो र बेल्जियमका रोमलु लुकाकु अगाडी रहेका छन् ।
पूर्व विश्व विजेता स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले मोरक्को विरुद्ध १ गोल गर्दै गोल संख्या ४ पुर्याएका हुन् । उनले २ खेलमा ४ गोल गरेका हुन् । यता ट्युनिसिया र पानामा विरुद्धको खेलमा २—२ गोल गरि गोल संख्या ४ बनाएका लुकाकुले रोनाल्डोसँग बराबरी गरेका छन्।
त्यस्तै गोल्डेन बुट दौडमा रहेका अर्का खेलाडी रसियाका डेनिस चेरीसोभ र स्पेनका डिएगो कोष्टा रहेका छन् । उनीहरुको गोल संख्या समान ३—३ रहेको छ । चेरीसोभले साउदी अरेबियाविरुद्ध २ तथा इजिप्टविरुद्ध १ गोल गरेका थिए ।
स्पेनका कोष्टाले पोर्चुगलविरुद्ध २ र इरानविरुद्ध १ गोल गरेका थिए । यता, गोल्डेन बुट दौडको तेस्रो स्थानमा रहेका रसियाका अर्टेम डिज्युवा, बेल्जियमका इडेन हजार्ड, इङल्याण्डका ह्यारी केन, नाइजेरियाका अहमेद मुसा, अस्ट्रेलियाका मिले जेडीनाक, क्रोसिएका लुका मोड्रिक र ब्राजिलका फिलिप कोटिन्होले समान २—२ गोल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया