काठमाडौं । सरकारले चार जना चिनी उद्योगीलाई पक्राउ गर्न जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।
उखु किसानको पैसा समयमा भुक्तान नगरेको भन्दै उद्योग मन्त्रालयले गृहमन्त्रालयसँगको समन्वयमा उनीहरुलाई पक्राउ गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका अनुसार एभरेष्ट सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज महोत्तरीका सञ्चालक शशिकान्त अग्रवाल, बागमति सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशप्रसाद अग्रवाल तथा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रीज सर्लाही र इन्दीरा सुगर मिल्स नवलपरासीका सञ्चालकहरु ज्ञानप्रसाद भट्टराई र राकेश अग्रवाललाई पक्राउ गर्न निर्देशन दिइएको हो ।
उद्योगमन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरी उखुकिसानको पैसा नतिर्नेहरुलाई पक्राउ गर्न आग्रह गरेको थियो । सोही अनुसार गृहमन्त्रालयले नवलपरासी, महोत्तरी र सर्लाहीका जिल्ला प्रशासन कार्यालयलाई उल्लेखित व्यक्तिलाई पक्राउ गर्न निर्देशन दिएको हो ।
त्यस्तै उखु किसानलाई दिनुपर्ने रकम भुक्तान नगराई कार्यालय बन्द गराउँदा किसान मारमा परेको निर्देशनमा उल्लेख गरिएको छ । मन्त्रालयले प्रशासन कार्यालयलाई तत्काल चार जनालाई पक्राउ गरि कानुनी कारवाही गर्न पनि दिर्नेशन दिएको छ ।
यसैगरी प्रत्येका कामको विवरण गृहलाई जानकारी गराउन पनि निर्देशनमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया