नेपाल एन्टि डोपिंग एजेन्सी (नाडा) को चाँडै स्थापना गर्ने — खेलकुदमन्त्री

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आगामी वर्ष नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन मुक्त बनाउँने लक्ष्य रहेको बताएका छन् । 

श्रीलंकामा सम्पन्न १५ औं एसिया ओसियाना क्षेत्रीय अन्तरसरकारी मन्त्रीस्तरीय बैंठकमा सहभागि भई स्वदेश फर्किसकेका खेलकुदमन्त्री विश्वकर्माले नेपाल एन्टि डोपिंग एजेन्सी (नाडा) को चाँडै नै स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । उनले नेपाल शक्तिवद्र्धक औषधि सेवनविरुद्धको राष्ट्र भएको भन्दै डोपिंग परिक्षणका लागि आवश्यक प्रयोगशाला र दक्षजनशक्ति अभाव चुनौतिको सामना गरिरहेको पनि बताए ।

नाडाको स्थापनापछि दक्षिण एसियाली खेलकुद प्रतियोगिता डोपिंगमुक्त रहनेछ । प्रतियोगिताका लागी चाहिने आवश्यक तालिम र स्रोत साधनको आवश्यता पनि चाँडै नै पुरा हुने खेलकुदमन्त्रीले बताए ।

राजधानी कोलम्बोमा भएको बैठकमा एशिया ओसियाना क्षेत्रका २९ देशका मन्त्री, सचिव र डोपिंगविज्ञहरुले सहभागिता जनाएका थिए । 

यसैविच, गतवर्ष चीनमा सम्पन्न भएको १४ औै बैैंठक यता विभिन्न देशहरुले एन्टी डोपिंग अभियानमार्फत स्वच्छ र निष्पक्ष खेलका लागी गरेको गतिविधिहरुको समीक्षा पनि गरेको थियो । खेलकुदमन्त्री विश्वकर्मा १५ दिने बैंठकमा सहभागि भई स्वेदश फर्केका हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?