काठमाडौं। जारी फिफा विश्वकप फुटबल अन्तर्गत अहिले समूह ‘जी’ मा रहेको इंग्ल्याण्डले पानामासँग भिडिरहेको छ ।
यि दुई टिमविचको खेल निज्नी नोभगोरोड स्टेडियममा भइरहेको छ । समूहमा बलियो मानिएको टिम इंग्ल्याण्डले नवप्रवेशी पानामालाई आजको खेलमा हराउन सके समूह चरणको अन्तिम खेलअघि नै नकआउट चरणको स्थान पक्का गर्नेछ । अन्तिम खेलमा बेल्जियम र इंग्ल्यान्डबीच समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले जितेमा पानामा र ट्युनिसिया भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिनेछन् । तालिकामा इंग्ल्याण्डको ३ अंक छ भने पानामा अंक विहीन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया