रसिया। इंग्ल्याण्ड जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
निज्नी नोभगोरोड स्टेडियममा आइतबार साँझ भएको समूह ‘जी’ को खेलमा इंग्ल्याण्डले नवप्रवेशी टिम पानामालाई ६—१ को भारी गोल अन्तरले पराजित गर्दै प्रि—क्वाटरफाइनको यात्रा तय गरेको हो । इंग्ल्याण्डका लागी कप्तान ह्यारी केनले ह्याट्रिक गरेका थिए । केनले जारी विश्वकपमा गरेको यो पहिलो ह्याट्रिक हो ।
खेल सुरु भएको ८ मिनेट पनि बित्न नपाउँदै इंग्ल्याण्डका लागी जोन स्टोन्सले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, २३ औ मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै टिमको अग्रतालाई दोब्बर बनाए । ३६ औं मिनेटमा जेसी लिनगार्डले गोल गरे । एकपक्षिय रहेको खेलको ४० औ मिनेटमा स्टोन्सले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४—० को स्थितीमा पुर्याए ।
पहिलो हाफसकिनै लाग्दा इंग्ल्याण्डका लागी केनले गोल गरे । दोस्रो हाफमा पनि इंग्ल्याण्डले पानामालाई दबावमा राखेको थियो । ६२ औ मिनेटमा गोल गर्दै केनले ह्याट्रिक गरे । यता खेलको ७८ औ मिनेटमा पानामाका लागी फिलिप बालोले एक मात्र सान्त्वना गोल फर्काएका थिए । त्यसपछि खेलमा थप गोल भएन् र इंग्ल्याण्डले पानामामाथि सानदार जित दर्ता गराउन सफल भयो । जितपछि इंग्ल्याण्डले ६ अंक बनाएको छ ।
यसअघि भएको समूह चरणको पहिलो खेलमा इंग्ल्याण्डले ट्युनिसियालाई २—१ गोल अन्तरले हराएको थियो । यहि समूहबाट बेल्जियम पनि नकआउट चरणमा प्रवेश गरिसकेको छ । समान ६ अंक बनाएको बेल्जियम र इंग्ल्याण्डविच अब समूह विजेताको लागी प्रतिस्पर्धा हुनेछ ।
यता पानामा र ट्युनिसिया भने अंक विहीन हुदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया