चौतारी लघुवित्तले ५ लाख ४० हजार कित्ता अार्इपीअो निष्काशन गर्दै

काठमाडाैं : रूपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चाैतारी लघुवित्तले ५ लाख ४० हजार कित्ता साधारण शेयर (अार्इपीअो) निष्काशन गर्ने भएको छ । 

प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यका राखेर अार्इपीअो बिक्री गर्ने र ५ करोड ४० लाख चुक्ता पूँजी थप्ने लघुवित्तको योजना छ । अार्इपीअो जारी गर्न चाैतारीले असार ७ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

हाल यो लघुवित्तको चुक्ता पूँजी १२ करोड ६० लाख रूपैयाँ छ । अार्इपीअो बिक्रीपछि चुक्ता पूँजी १८ करोड पु-याउने यो संस्थाको लक्ष्य छ । चाैतारीको अधिकृत पूँजी ३० करोड र जारी पूँजी १८ करोड रूपैयाँ रहेको छ । 

अार्इपीअोको निष्कासन एवं बिक्री प्रबन्धकमा चाैतारीले एनअार्इबीएल एस क्यापिटललार्इ नियुक्त गरेको छ । पब्लिक कम्पनीका रूपमा २०७१ सालमा दर्ता भएको यो लघुवित्तलार्इ नेपाल राष्ट्र बैंकले २०७२ सालमा 'घ' वर्गको वित्तीय संस्थाको हैसियतमा कारोबार गर्न अनुमति प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?