सुशील कोइराला क्यान्सर अस्पतालद्वारा ओपीडी सेवा सुरु

नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले ओपीडी सेवा सुरु गरेको छ । 

सरकारबाट १०० श्ययाको मान्यता पाएको क्यान्सर अस्पतालले सोमबारबाट पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा सुरु गरेको हो । ओपीडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेलसहितको टोली लगायत दुई जना अंको सर्जन, दुई मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, आठ जना स्टाफ नर्ससहित २७ जनाको दरबन्दी लोकसेवा आयोगबाट पूर्ति गरेको क्यान्सर अस्पतालले थप ११ जना कर्मचारी ‘आउट सोर्सिङ’बाट भर्ना गरेको जनाएको छ ।

अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक अपरेशन थियटर, एम्बुलेन्सलगायतका सेवा उपलब्ध छ ।

अस्पताल निर्माणमा ३५ करोड खर्च भइसकेको छ भने चालू आर्थिक वर्षका लागि सरकारले थप १८ करोड बजेट छुट्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?