चामलको गेडा भन्दा सानो कम्प्युटर

एजेन्सी : आइबीएमले दाबी गरेको विश्वको सबैभन्दा सानो कम्प्युटरलाई चुनौती दिँदै चामलको गेडा भन्दा सानो कम्प्युटर बनाइएको छ ।

०.०४ घन मिलिमिटर मापन गरिएको यो कम्प्युटर हालै आइबीएमले रेकर्ड बनाएको सानो कम्प्युटरको तुलनामा एक दशौं भाग सानो  रहेको छ ।

यसको तुलनामा चामलको एक गेडा यो भन्दा धेरै ठूलो देखिनछ । तापक्रम संवेदन गरिरहन बनाइएको यो कम्प्युटर युनिभिर्सिटी अफ मिचिगनले बनाएको छ ।

यसको एलइडी प्रसारणले विद्युत परिपथलाई सक्रिय पार्न सक्ने खालको यो कम्प्युटर संवेदनशील छ ।

यसको सेन्सरले शरीरको साना कोशहरूमा हुने परिवर्तनलाई मापन गर्न सक्ने देखिएको छ ।

यो कम्प्युटर बनाउने टोलीका सदस्यहरूले  स्वास्थ्य क्षेत्रका  समस्या समाधान गर्न सहयोग हुने विश्वास गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?