काठमाडौं । अभिनेता पल शाह प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका छन्। शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मपमर्पण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।
उनीविरुद्ध नाबालिग गायिकामाथि बलात्कार गरेको उजुरी दर्ता भएको थियो ।
अभिनेता शाहले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूमाथि लागेको अभियोगको बारेमा छानबिन गर्न प्रहरी कार्यालयमा उपस्थित हुने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया