काठमाडौं । प्रभु बैंकले सोमबारदेखि हकप्रदमा अवितरित २२ लाख ३१ हजार २ सय ६५ कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक समूहतर्फको १५ लाख ६० हजार २ सय ३ कित्ता र साधारण तर्फको ६ लाख ७१ हजार ६२ कित्ता सेयर लिलामीमा ल्याएको हो । इच्छुक लगानीकर्ताले असार ११ देखि १८ गतेसम्म लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
लिलामी शेयरमा प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल, शाखा कार्यालयहरु आदर्शनगर बिरगञ्ज, जलजलाचोक विराटनगर, मिलनचोक बुटवल, न्यूरोड पोखरा, बिरेन्द्रनगर सुर्खेत, सुर्खेत रोड नेपालगञ्ज, गोदावरी रोड धनगढी, हल्लाचोक बाग्लुङ्ग र कावासोती नवलपरासीबाट शिलबन्दी बोलपत्र आवेदन गर्न सकिने छ ।
संस्थापक शेयरका लागि न्यूनतम एक हजार कित्ता र साधारण शेयरका लागि एक सय कित्ता शेयरका लागि निवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम एक सय वा सोभन्दा बढी मूल्यमा १० कित्ताको गुणाङ्कमा लिलामीमा आएको अधिकतम सबै कित्ता माग गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया