काठमाडौं । रसियामा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ रहेको पोर्चुगलले इरानसँग प्रतिस्पर्धा गर्दैछ ।
यि दुई टिमविचको खेल मार्डोभिया एरिनामा नेपाली समय अनुसार आज राति पौंने १२ बजेपछि हुँदैछ । पहिलो खेलमा स्पेनसँग बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोमाथि जित हासिल गर्दै ४ अंक जोडेको थियो ।
आज रातिको खेलमा पोर्चुगल बिजयी भए नकआउट चरणमा पुग्नेछ । तर, पहिलो खेलमा स्पेनसँग पराजित भएको इरानले दोस्रो खेलमा मोरक्कोमाथि जित दर्ता गर्दै स्पष्ट ३ अंक हात पारेको छ ।
इरानविरुद्धको खेलमा पोर्चुगल जित दर्ता गराए ७ अंक बनाउँनेछ भने इरान विजयी भए ६ अंकसहित प्रि–क्वार्टरफाइनलमा पुग्नेछ । तर, बराबरीमा खेल सकिए पोर्चुगलले अघिल्लो चरणको यात्रा तय गर्नेछ । इरानलाई स्पेन र मोरक्कोको विचको नतिजा कुर्नुपर्ने हुन्छ ।
अघिल्लो खेलमा ह्याट्रिक गरेका क्रिष्टियानो रोनाल्डोमाथि पोचुर्गलको भरोसा रहेको छ । पाँचौ पटक विश्वकपमा सहभागी भएको इरानले अहिलेसम्म प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्न सकेको छैन् ।
इरानले अन्तिम १६ मा स्थान बनाउन नसकिरहेको अवस्थामा आजको खेल प्रतिष्ठाको विषय बन्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया