काठमाडौं । प्रथम राष्ट्रिय पारा खेलकुद अन्तर्गत राष्ट्रिय बोसियाको बीसी १ समूहको महिलामा साधना घिमिरेले स्वर्ण पदक जित्न सफल भएकी छन् ।
त्यस्तै, निलम अधिकारी दोश्रो र सुशान्त गुरुङ तेश्रो भए । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय बोसिया संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बीसी २ समूहको पुरुषमा मानबहादुर भुजेल पहिलो, पंकजप्रसाद गुप्ता दोश्रो र प्रकृति भट्टराई तेश्रो भए ।
बीसी ३ को पुरुषमा अंकित श्रेष्ठले स्वर्ण, सुशान्त दवाडीले रजत र लक्ष्मी मगरले कांस्य जिते । बीसी ४ को महिलामा सम्झना भट्टराई प्रथम, सीता ढकाल द्वितीय र सुकुमाया तामाङ तृतीय बने । बीसी ५ को पुरुषमा सन्तोष सन्जेल पहिलो, रुपेश लामिछाने दोश्रो र सफल तामाङले तेश्रो स्थान हात पारे ।
जोडीतर्फको प्रतिस्पर्धामा सन्जु कँडेल र हुमकान्त कँडेल, कुमारी भुजुङ र डोल्का रोका तथा गंगामाया र प्रिता बलको जोडी क्रमशः शीर्ष तीन स्थानमा रहे ।
विजेतालाई खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालगायतले एक कार्यक्रमबीच परस्कार वितरण गरेका थिए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने प्रतियोगितामा सात प्रदेशबाट ५० खेलाडीले विभिन्न ६ स्पर्धामा सहभागिता जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया