काठमाडाैं : पूँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले गर्ने प्रिमियम मूल्यांकन वैज्ञानिक नहुँदा शिवम् सिमेन्टले जारी गर्न लागेको साधारण शेयरबाट प्रवर्द्दकलार्इ नै फार्इदा पुग्ने देखिएको छ।
उत्पादनमूलक क्षेत्रका पब्लिक कम्पनीमा सर्वसाधारण शेयरधनी र संस्थापकसँग रहेको शेयरको मूल्यमा फरक नहुने भएकाले शिवम् सिमेन्टको शेयरबाट पनि सर्वसाधारण लगानीकर्ता भन्दा प्रवर्द्दकलार्इ नै लाभ हुने भएको हो । शेयरको मूल्यमा कूनै फरक नहुने भएपछि कम्पनीको मूल्यांकन बढ्ने र सर्वसाधारणले गरेको लगानी देखाएर प्रवर्द्दकलार्इ थप ऋण लिने बाटो खुल्नेछ ।
उत्पादनमूलक क्षेत्रका पब्लिक कम्पनीको शेयर र मूल्य संरचनाबारे धितोपत्र बोर्डले हालसम्म 'बुक विल्डिङ प्लान' ल्याएको छैन । अहिले शिवम् सिमेन्टको चुक्ता पूँजी ३ अर्ब ८७ करोड रहेकोमा चुक्ता पूँजीको ४० प्रतिशत हाराहारीमा रकम लगानी गर्दा पनि कम्पनीमा सर्वसाधारण लगानीकर्ताको हिस्सा जम्माजम्मी १२ प्रतिशत हुन अाउने देखिन्छ ।
उत्पादनमूलक क्षेत्रका पब्लिक कम्पनीमा सर्वसाधारण शेयरधनी र संस्थापकसँग रहेको शेयरको मूल्यमा फरक नहुने भएकाले शिवम् सिमेन्टको शेयरबाट पनि सर्वसाधारण लगानीकर्ता भन्दा प्रवर्द्दकलार्इ नै लाभ हुने भएको हो । शेयरको मूल्यमा कूनै फरक नहुने भएपछि कम्पनीको मूल्यांकन बढ्ने र सर्वसाधारणले गरेको लगानी देखाएर प्रवर्द्दकलार्इ थप ऋण लिने बाटो खुल्नेछ ।
नेपालको पूँजी बजारमा बैंक/वित्तीय संस्थाको मात्र अधिक शेयर रहेकाले उत्पादनमूलक पब्लिक कम्पनीका हकमा पूँजी बजार निष्क्रिय रहेको अालोचना हुने गरेको थियो । तर, उत्पादनमूलक क्षेत्रकै हिमाल सिमेन्टले सर्वसाधारणलार्इ शेयर जारी गरेपनि यो उद्योग नै बन्द भएपछि लगानीकर्ता बिचल्लीमा परेका थिए ।
तर, सरकारले नेपालको पूँजीबजार वास्तविक अर्थतन्त्रसँग नजोडिएको जनाउँदै सरकारले निकै अघिदेखि उत्पादनमूलक क्षेत्रका उद्योग एवं कम्पनीलार्इ पूँजीबजारमा भित्र्याउन लामो समयदेखि कोशिस गरिरहेको छ । यसैअनुसार सरकारले उत्पादनमूलक कम्पनीहरूले सर्वसाधारणका लागि १० प्रतिशत मात्रै शेयर जारी गरे हुने र प्रिमियम मूल्यमा पनि सुविधा पाउने व्यवस्था ग-यो । शिवमले यही सुविधाको उपयोग गर्दै चुक्ता पूँजीको १२ प्रतिशत अार्इपीअो जारी गर्न लागेको हो ।
शिवमले अायोजनाप्रभावित स्थानीयका लागि ८ लाख ८० हजार कित्ता र सर्वसाधारण लगानीकर्ताका लागि ४४ लाख (१० प्रतिशत) अार्इपीअो जारी गर्न लागेको छ । अायोजना प्रभावितले एककित्ता शेयरका लागि ३ सय रूपैयाँ कम्पनीलार्इ दिनुपर्नेछ भने सर्वसाधारण शेयरको मूल्य ४ सय रूपैयाँ कायम गरिएको छ । शिवमले अायोजना प्रभावितबाट १७ करोड ६० लाख र सर्वसाधारणबाट १ अर्ब ३२ करोड रूपैयाँ उठाउँदैछ ।
जम्मा १ अर्ब ४९ करोड ६० लाख रूपैयाँ रकम प्रिमियम उठाउने तयारीमा रहेको शिवमले गत साउनदेखि चैतसम्म ७ अर्ब १० करोड रूपैयाँबराबरको सिमेन्ट बेचेको दाबी गरेको छ । दैनिक उत्पादन क्षमता ३ हजार मेट्रिक टन रहेको शिवमले जारी गर्न लागेको शेयरलार्इ र्इक्रा नेपालले ३ प्लस ग्रेडिङ दिएको छ ।
तर, पूँजी बजारमा उत्पादनमूलक कम्पनी 'लिस्टिङ' हुने माैका अाएपनि शिवमको सिमेन्टले सर्वसाधारण लगानीकर्तालार्इ भने उचित प्रतिफल दिन नसक्ने पूँजी बजार विश्लेषकहरू दाबी गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया