विश्वकपमा आज समूह ‘सी’ र ‘डी’ का अन्तिम खेलहरु हुँदै

रसिया। जारी फिफा विश्वकपमा आज समूह ‘सी’ र ‘डी’ का अन्तिम खेलहरु हुँदैछन् । 

समूह ‘सी’ अन्तर्गत डेनमार्क र फ्रान्स तथा अष्ट्रेलिया र पेरु आमने—सामने  हुँदैछन् । डेनमार्क र फ्रान्सविचको खेल लुज्निकी स्टेडियममा हुनेछ भने अष्ट्रेलिया र पेरुबीचको खेल सोचीस्थित फिष्ट स्टेडियममा हुनेछ । दुवै खेल नेपाली समयअनुसार आजसाँझ ७ः४५ बजेछि सुरु हुनेछ ।

त्यस्तै, यसअघि नै नकआउट चरणमा पुगिसकेको फ्रान्स डेनमार्कबिरुद्धको खेलमा हाबी हुने देखिएको छ ।  समूहमा फ्रान्सले ६ अंक बनाएको छ । यसअघि फ्रान्सले अष्ट्रेलिया र पेरुलाई पराजित गरेको थियो । तर, डेनमार्कका लागि भने यो खेल कम्तिमा बराबरी गर्नुपर्छ । पराजित भएको अवस्थामा पेरुले अष्ट्रेलियालाई हराएमा डेनमार्क समूह उपविजेताको रुपमा प्रि—क्वाटरफाइनलमा पुग्नेछ । पेरु यस समूहबाट यसअघि नै बाहिरिइसकेको छ ।

समूह ‘डी अन्तर्गत आजै राति हुने अर्को खेलमा  नाइजेरियाले अर्जेन्टिनाको तथा क्रोएशियाले आइसल्याण्डसँग भिड्दैछन् । यि सबै खेल आजराति ११ः४५ बजेपछि सुरु हुँदैछ । 

यस समूहबाट क्रोएशिया यसअघि नै २ खेलमा अपराजित रहँदै  नकआउट चरणमा पुगिसकेको छ ।

यता  समूहको कठिन अवस्थामा रहेको अर्जेन्टिनाले २ खेलबाट १ अंक मात्र जोडेको छ भने आज नाइजेरियासँग खेल्दैछ । नकआउट चरणमा पुग्नका लागि अर्जेन्टिनाले नाइजेरियालाई हराएर मात्र पुग्दैन क्रोएशियाले आइसल्याण्डलाई पनि पराजित गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?