अमेरिका आप्रवासीप्रति नरम बन्दै

एजेन्सी : सीमा सुरक्षा बलका एक प्रमुखले अमेरिकामा अवैधरूपले छिर्न खोज्ने आप्रवासीहरू विरूद्ध तत्काल फौजदारी अभियोग लगाउने काम रोकेको बताएका छन् ।

भन्सार र सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीनानले गत साता अभियोग लगाउने काम स्थगित गरिएको बताए ।

राष्ट्रपति ट्रम्पले आप्रवासी परिवारलाई छुट्टयाउने काम नगर्न भनेयता हामीले त्यो काममा रोक लगाएको उनले जनाए ।

तर ट्रम्पले अवैध आप्रवासनमा आउनेहरूलाई एकैठाउँ जेलमा हालिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?