एसर्इर्इ नतिजाको गडबडी छानबीन गर्न शिक्षा मन्त्रालयद्वारा समिति गठन

काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) को परीक्षाफल प्रकाशित गर्दा देखिएको प्रावधिक त्रुटीबारे छानबीन गर्न समिति गठन गरेको छ। 

राष्ट्रिय परीक्षा बोर्डले गत शनिबार २०७४ सालमा लिएको एसर्इर्इ परीक्षाको नतिजा सार्वजनिक गर्दा गम्भीर प्राविधिक त्रुटी गरेको गरेको थियो । विद्यार्थीको नतिजा दिनैपिच्छे परिवर्तन हुने र नीजि बोर्डिङ स्कूलको उत्तीर्ण दर प्राप्तांक (जीपीए) मा पनि फेरबदल गरेको थियो । परीक्षाको नतिजामा समेत लापरबाही भएपछि सरकार र शिक्षा मन्त्रालयमाथि चर्को अालोचना भर्इरहेको छ । 

परीक्षा सार्वजनिक गर्दा देखिएको कमजोरीबारे छानबीन गर्न मन्त्रालयले शिक्षक सेवा अायोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन गरेको छ । छानबीन समितिमा मन्त्रालयकै कानूनी उपसचिव शम्भुराज रेग्मी र र्इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाललार्इ पनि समावेश गरिएको छ । 

समितिले परीक्षाफल प्रकाशित गर्दा भएको कमजोरी र प्राविधिक समस्या पहिचान गर्ने, नतिजामा देखिएको त्रुटीबारे अध्ययन गर्ने र अागामी बर्षहरूमा यस्ता समस्या दोहोरिन नदिने उपाय सरकारलार्इ सुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?