डलरको ज्वरो घटाउन इरानले दोस्रो मुद्रा ल्याउने

एजेन्सी : इरानको केन्द्रीय बैंक सीबीआईले अमेरिकी डलरको ज्वरो घटाउन दोस्रो मुद्रा ल्याउन लागेको जनाएको छ ।

अमेरिकी डलरको तुलनामा इरानी मुद्रा रियाल आइतबार रेकर्ड तहमा कमजोर भएपछि बजारमा परेको तनाव घाटाउन इरानले अर्को मुद्रा ल्याउने जनाएको हो ।

सीबीआई प्रमुख भालिओल्लाह सेइफले दोस्रो मुद्रा अति आवश्यक वस्तुको  आयातकर्ताका लागि अमेरिकी डलर बेच्न काम लाग्ने जनाए ।

अमेरिकी डलरको मूल्य भने उही रहने उनले जनाए । इरानी निकायहरूका अनुसार अर्को मुद्रा बजारमा अर्को सातासम्म आइपुग्ने छ ।

आइतबार अनौपचारिक बजारमा  एक अमेरिकी डलर बराबर इरानी रियाल ८७००० पुगेको थियो । यसअघि गएको विहीबार एक डलर बराबर ५७ हजरा ५सय रहेको थियो ।

इरानको अर्थतन्त्रमा अमेरिकाले सन् २०१५मा गरेको परमाणु  सम्झौतबाट फिर्ता भएको जनाएपछि समस्या उत्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?