विभागीय मन्त्रीहरूले बजेटबारे संसदमा जवाफ दिँदै

काठमाडौँ : अागामी अार्थिक बर्ष २०७५/७६ को बजेटबारे विभागीय मन्त्रीहरूले अाजदेखि संसदमा जवाफ दिँदैछन् । मंगलबार बस्ने प्रतिनिधीसभा बैठकमा प्रधानमन्त्री के.पी. शर्मा अोलीले चीन भ्रमणबारे जवाफ दिने कार्यसूची छ भने त्यसलगत्तै प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको छलफल भएपछि विभागीय मन्त्रीहरूले अागामी बजेटबारे जवाफ दिनेछन् । 

संघीय संसद सचिवालयले तयार गरेको कार्यसूचीअनुसार मंगलबारदेखि विभागीय मन्त्रीहरूले बजेटबारे जवाफ दिने कार्यक्रम छ। अाज (मंगलबार) विभिन्न ७ वटा विभागीय मन्त्रालयका मन्त्रीहरूले बजेटको वचाउमा अाफ्ना तर्क संसदमा राख्दैछन् । 

अाज संसदमा कृषि भूमी तथा व्यवस्था तथा सहकारी, सञ्चार तथा सूचना प्रविधी, खानेपानी, कानून न्याय तथा संसदीय व्यवस्था र संस्कृति पर्यटन तथा नागरिक उड्ययन, महिला बालबालिका तथा जेष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रीहरूले विनियोजन विद्ययक छलफलक्रममा उठेका सवालहरूको जवाफ दिने कार्यसूची छ । 

बजेटबारे विभागीय मन्त्रीहरूले संसदमा जवाफ दिएपछि मन्त्रालयगत विनियोजन शीर्षकमा पेश भउका खर्च कटाैतिका प्रस्तावहरू निर्णयार्थ पेश हुन्छन् । सवै मन्त्रीले बजेटबारे जवाफ दिएपछि विनियोजन विद्ययक पारित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?