एसर्इर्इ ग्रेड बृद्दि परीक्षा साउन २३ देखि

काठमाडौं : शनिबार प्रकाशित माध्यमिक शिक्षा परिक्षा (एसर्इर्इ) मा सी ग्रेड वा सो भन्दा कम नतिजा ल्याएका र दुर्इ बिषयको परीक्षा दिन नपाएका परीक्षार्थीका लागि साउन २३ गतेदेखि ग्रेडबृद्दि परीक्षा सञ्चालन गरिने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार साउन २३ देखि भदाै २ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । साउन २३ गते अनिवार्य अंग्रेजी, २४ गते अनिवार्य नेपाली, २५ गते अनिवार्य गणित र २६ गते अनिवार्य विज्ञानको परीक्षातालिका कायम गरिएको छ। 

साउन २६ गते वेदविद्याश्रमतर्फका विद्यार्थीको संस्कृत व्याकरण र अनुवादको परीक्षा तोकिएको छ भने २७ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा तय गरिएको छ । २८ गते अनिवार्य स्वास्थ्य जनसंख्या र वातावरण शिक्षाको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फका परीक्षार्थीको अनिवार्य संस्कृत भाषाको परीक्षा हुनेछ । 

साउन २९ गते एेच्छिक प्रथम विषयका सवै परीक्षा र ३० गते एेच्छिक द्वित्तीय विषयको परीक्षातालिका तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?