काठमाडाैं : नागबेली मार्इक्रोफार्इनान्सले लगानीकर्तालार्इ दिन लागेको १००% प्रतिशत हकप्रद शेयरको बुक क्लोज असार २१ गते गर्ने भएको छ। असार २० गतेसम्म मात्र शेयरधनीले हकप्रद भर्न पाउने नागबेलीले जानकारी दिएको छ।
नागबेलीले ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद शेयर बेच्न पूँजीबजार नियामक धितोपत्र बोर्डबाट अनुमति पार्इसकेको छ। बिक्री प्रबन्धकमा नागबेलीले एनएमबी क्यापिटललार्इ नियुक्त गरेको छ ।
चुक्ता पूँजी ७ करोड ६६ लाख ४६ हजार रूपैयाँ रहेको नागबेलीले सो बराबरकै हकप्रद बेचेपछि चुक्ता पूँजी १५ करोड ३२ लाख ९० रूपैयाँ पु-याउनेछ । चालु अार्थिक बर्षको तेसो त्रैमासमा यो लघुवित्तले १ करोड ८३ लाख ९१ हजार रूपैयाँ खुद नाफा अार्जन गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया