काठमाडाैं : बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोशी अायोजनाले यही असार २४ गतेदेखि अायोजना प्रभावित स्थानीय बासिन्दालार्इ साधारण शेयर (अार्इपीअो) बिक्री गर्ने भएको छ।
पहिलो चरणमा स्थानीयलार्इ १ करोड ५ लाख ९० हजार कित्ता अार्इपीअो बेचेपछि अायोजनाले लगत्तै सर्वसाधारणका लागि शेयर जारी गर्ने जनाएको छ।
स्थानीयले न्युनतम ३० कित्तादेखि अधिकतम ३ सय कित्तासम्म अार्इपीअो खरिदको अावदेन दिन सक्नेछन् ।
साउन ९ गतेसम्म स्थानीयबासीले अायोजना निर्माणस्थ, सिटिजन्स बैंक, नेपाल र्इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्दार्थ बैंक र महालक्ष्मी विकास बैंक (दोलखाको चरीकोट शाखा) बाट अावेदन दिन सक्ने व्यवस्था मिलार्इएको छ ।
यो अायोजनाको शेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनरार्इज क्यापिटलले गरिररहेको छ।
अार्इपीअो भर्नका लागि स्थानीयले सेन्चुरी बैंकको चरिकोट शाखा, सिंगटी र जिरी, मेगा बैंकको चरिकोट शाखा, मैनापोखरी र बागखोर, एनएमबि बैंकको किर्नेटार र प्राइम बैंकको जिरी र मैनापोखरी शाखामा पनि जान सक्नेछन् ।
चुक्ता पूँजी ७ अर्ब ९४ करोड २५ लाख रूपैयाँ रहेको माथिल्लो तामाकोशीले अार्इपीअो विक्रीपछि चुक्ता पुँजी १० अर्ब ५९ करोड रूपैयाँ पु-याउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया