अर्जेन्टिनालाई जित्नै पर्ने दबाव, मेस्सीलाई अन्तिम अवसर

रसिया । २१ औ संस्करणको विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा आजराति विश्वविजेता अर्जेन्टिनाले नाइजेरियाको तथा क्रोएसियाले आइसल्याण्डको सामना गर्दैछ ।

यि दुवै टिम विचको खेल राति ११ः४५ बजेपछि सुरु हुँदैछ । अर्जेन्टिना र नाइजेरियाविचको खेल सेन्ट पिर्टसवर्ग स्टेडियममा सञ्चालन हुनेछ ।  दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनाको जारी विश्वकप यात्रा त्यति सुखद बन्न सकेन् । स्टार स्ट्राइकर लियोनल मेस्सी पछिल्लो समय आलोचित बनिरहेका बेला आजको खेलमा अर्जेन्टिना जितको खोजीमा हुनेछ । 

इंल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न बाट चुकेपछि मेस्सीमाथि दुवै खेलमा अत्यन्तै दबाब थियो । आजराति नाइजेरियाविरुद्ध हुने खेल जितेको खण्डमा मात्र नकआउट चरणमा पुग्ने अर्जेन्टिनाको सम्भावना बाँकी रहन्छ । अर्जेन्टिना अघि बढ्नका लागि नाइजेरिया हारेर मात्र हुने छैन, क्रोएसियाले पनि आइसल्यान्डलाई हराउनु पर्नेछ । 

मुस्किलले विश्वकपमा छनोट भएको अर्जेन्टिनाले सुरुवाती २ खेलमा सोचेअनुरुप नजिता निकाल्न सकेनन् । समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले नवप्रवेशी टिम आइसल्याण्डसँग बराबरी खेलेको थियो भने क्रोएसियासँग ३—० को लज्जास्पद हार व्यर्होएको थियो । 

यता प्रशिक्षक जर्ज साम्पोलीसँग खेलाडी रिसाएको र सिनियर खेलाडीले नै नाइजेरियाविरुद्धको खेलका लागि पहिलो रोजाई टोली तयार पार्ने सम्भावना रहेको बताइएको छ । तर, मास्केरानोले ती सबै विषयलाई अस्वीकार गरेका छन् । खेलाडी र प्रशिक्षकबीच पहिला जस्तै सम्बन्ध रहेको बताएका छन् । 

मेस्सी र अर्जेन्टिनाका लागि यो अन्तिम अवसर हो ।  विश्वकप छनोटका लागि पनि अन्तिम खेल कुर्नुपरेको अर्जेन्टिनाका लागि रसियामा पनि त्यस्तै अवस्था आएको छ । गत बिहीबारको क्रोएशियाविरुद्धको हार अर्जेन्टिनाका लागि भयानक बिपत्ती थियो ।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका डिएगो म्याराडोनाले प्रशिक्षक जर्ज साम्पाओली र उनको रणनीतिको खुलेरै बिरोध गरेका थिए । अर्जेन्टिना र नाइजेरिया अहिलेसम्म ८ पटक आमने—सामने भएका छन् भने ४ पटक विश्वकपमै भिडेका छन् । चारै भेटमा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेको थियो ।  एक खेलमा बराबरी र एकमा हार व्यर्होरेको आइसल्याण्डकले १ अंक मात्र जोडेको छ भने क्रोएसियाले ६ अंक बनाएको छ ।

त्यस्तै, आजैराति हुने अर्को खेलमा क्रोएसियाले आइसल्याण्डको सामना गर्दैछ । विश्वकप फुटबलमा छनोट भएर इतिहास रचिसकेको आइसल्याण्ड नकआउट चरणको यात्रा तय गर्न चाहन्छ ।

पहिलो खेलमा बलियो प्रतिद्धन्दी अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्याण्डले क्रोएसियालाई कडा टक्कर दिने मनोस्थितीका साथ मैदानमा उत्रदैछ । यि दुई टिमविचको खेल रोस्तोभ एरिनामा हुँदैछ । यता समूहको दुवै खेलमा जित हात पार्दै क्रोएसिया भने एक खेल अगावै नकआउट चरणमा पुगिसकेको छ ।

आइसल्याण्ड र क्रोएशिया सन् २०१४ को विश्वकप छनोटमा भिडेको थियो । त्यतिबेला क्रोएसियाले आइसल्याण्डलाई २–० ले पराजित गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?