जो भगवान् शिवको चरित्रबाट अमर बने

लोकपथ
434
Shares

काठमाडाैं । हिन्दुहरुको महान् पर्व महाशिवरात्रि आज देशभर मनाइँदै छ । हिन्दु क्यालेन्डरअनुसार फागुन महिनाको कृष्ण पक्ष चतुर्दशीका दिन भगवान् शिवको आराधना, तपस्या र श्रद्धाको पर्व महाशिवरात्रि पर्व मनाइन्छ ।

महाशिवरात्रिको दिन पनि भक्तजनले भगवान् शिवलाई प्रसन्न पार्न व्रत बस्छन् । भगवान् शिवलाई लिएर टीभीमा धेरै शो पनि बनाइएका छन् । आज हामी ती भारतीय कलाकारहरूलाई सम्झन्छौँ जसले भगवान् शिवको भूमिका उत्कृष्ट रूपमा निभाएका छन्।

समर जय सिंह

९० को दशकमा समर जय सिंह ‘ओम नमः शिवाय’मा महाकाल बनेका थिए । भगवान् शिवको भूमिकामा समर जय सिंहलाई मानिसहरूले यति मन पराए कि वास्तविक जीवनमा पनि मानिसहरूले समर जय सिंहलाई भगवान् शिवको रूपमा सोच्न थाले ।

समर जय सिंहले ‘सम्राट अशोक’, ‘मृत्युञ्जय’, ‘रामायण’, ‘महाराजा रणजीत सिंह’ लगायतका धेरै पौराणिक कार्यक्रममा अभिनय गरे पनि भगवान् शिवको चरित्रलाई उनका अन्य पात्रहरूले ओझेलमा पारेका थिए र आज पनि समरलाई जनताले भगवान् शिवकै
चरित्रले चिन्ने गर्छन्।

मोहित रैना

मोहित रैना ‘देवों के देव महादेव’ शोमा शिवको भूमिकामा देखिएका थिए । मोहित हिन्दी फिल्ममा काम गरिरहेका छन् । यस टीभी शोमा सोनारिका भदौरियाले माता पार्वतीको भूमिका निभाएकी थिइन् भने मौनी रोयले देवी सतीको भूमिका निभाएकी थिइन् ।

अरुण गोविल

अरुण गोविललाई रामको भूमिका निभाएकाले पनि धेरैले चिन्छन् । तर उनले फिल्म ‘शिव महिमा’मा भगवान् शिवको भूमिका निभाएका थिए । शान्तिलाल सोनी निर्देशित फिल्म ‘शिव महिमा’ सन् १९९२ मा आएको थियो ।

यशोधन राणा

टेलिभिजन अभिनेता यशोधन राणा सिरियल ‘ओम नमः शिवाय’ मा भगवान् शिवको भूमिकामा देखिएका थिए । यस शोमा पार्वतीको भूमिकामा देखिएकी गायत्री शास्त्रीले पछि विवाह बन्धनमा बाँधिन् ।

दारा सिंह

‘रामायण’ मा सधैँ हनुमानको भूमिकामा रहने अभिनेता दारा सिंहले पनि भगवान् शिवको भूमिका निर्वाह गरेका छन् । दारा सिंहले १९७४ मा फिल्म ‘हर हर महादेव’मा भगवान् शिवको भूमिका निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?